आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

लायन्स क्लबद्धारा रामहिटी बाैद्धमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १४:४७ मा प्रकाशित (३ साल अघि) ७३८ पाठक संख्या

काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौँ बाैद्धसहित विभिन्न क्लबहरूकाे सहकार्यमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

 

लायन्स क्लब अफ बाैद्ध क्लबसहित लायन्स क्लब अफ नेपाल हेल्पिङ हेन्डस्, लायन्स क्लब अफ काठमाडाैँ नाेबेला, लायन्स क्लब अफ काठमाडाैँ वाशिष्ठ ग्लाेबल र लियाे क्लब अफ काठमाडाैँ बाैद्धकाे संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गरेको हो ।

शनिबार राधाकृष्ण यूथ क्लबसँगकाे सहकार्यमा रामहिटी बाैद्धमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा ३५ पिन्ट रगत संकलन भएकोलायन्स क्लब अफ काठमाडौं बाैद्धका प्रेसिडेन्ट तिलक कुमार श्रेष्ठले जनकारी दिनु भएको हो ।

कार्यक्रममा डिस्ट्रिक गभर्नर टंकबहादुर श्रेष्ठ पीएमजेएफ, पूर्व डिस्ट्रिक गभर्नर एवम् हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, पूर्व डिस्ट्रिक गभर्नर हंगर रिलिफ मल्टिपल काेअर्डिनेटर कुमारराज सुवेदी, डिस्ट्रिक क्याबिनेट सेक्रेटरी बिमलकुमार श्रेष्ठ, डिस्ट्रिक क्याविनेट ट्रेजर श्यामकुमार यादव, माइ लायन/माइ एलसीआइ चिफ लायन रमेश लामा एमजेएफ, ब्लड सर्भिस चिफ बिनाेद कुमार श्रेष्ठ लगायत डिष्ट्रीक तथा क्लबहरूका लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।