आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपाल प्रहरीका २,९१३ जनामा कोरोना संक्रमण, कुन प्रदेशमा कति ?

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार १४:१६ मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १३ जना पुगेको छ । संक्रमितमध्ये १ हजार २ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ६ सय ५२ जना उपचाररत रहेका छन् ।

उपत्यकामा खटिएका प्रहरी कर्मचारी सबैभन्दा बढी प्रभावित छन् । १ हजार ६ सय ५२ जना सक्रिय संक्रमितमध्ये ७ सय ४२ जना उपत्यकामै रहेका छन् ।

प्रहरी प्रधान कार्यालयअन्तर्गत १ सय ५७ जना, प्रदेश नम्बर १ मा १ सय ६५, प्रदेश नम्बर २ मा १ सय २, बागमती प्रदेशमा १ सय ६२, गण्डकी प्रदेशमा ९१, प्रदेश नम्बर ५ मा १ सय ३२, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ५३ जना संक्रमित उपचाररत रहेका छन् ।

संक्रमित अधिकांशमा लक्षण नै नभएको वा लक्षण देखा नपरेको तर पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिने गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

घरमा व्यवस्थापन गर्न सक्नेहरु घरैमा आइसोलेसनमा र अन्यलाई विभिन्न विभागले तयार पारेको आइसोलेसनहरुमा राखिएको उनले जानकारी दिए । दैनिक सर्वसाधरणसँग सम्पर्कमा आउने प्रहरी कर्मचारीहरु बढी संक्रमित बनेका छन् । संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।