आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

संक्रमितको पीडाः कोरोनाभन्दा समाज जित्न गाह्रो’

गोकर्णेश्वर खबर२८ भाद्र २०७७, आईतवार ०७:४३ मा प्रकाशित (३ साल अघि) १९४ पाठक संख्या

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनि आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् ।

इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य हुँदै गएसँगै विगतका डर त्रास पनि हराउँदै गएका हुन् । ‘सुरुमा कोरोना भाइरस लाग्यो भनेर थाहा पाउँदा त अहिले यस्तो अवस्थामा फर्किन पाइन्छ जस्तो लागेको थिएन’, सङ्क्रमण पछिको आफ्नो अनुभव सुनाउँदै आलमले भने ।

कारोना भाइरसका पूर्व सङ्क्रमित इमरान र वर्पेसको मात्र होइन, नेपालमै पहिलोपटक समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको भुल्केको जनजीवन पुरानै अवस्थामा फर्किएको छ । वैशाखको पहिलो साता भुल्केको नुरी मस्जिदमा बस्दै आएका १२ जना जमातीसहित समुदायका दुई जनामा पहिलोपल्ट कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा सिङ्गो गाउँ नै अछूत जस्तो भएको थियो ।

तरकारी उत्पादनमा निर्भर उक्त गाउँमा उत्पादित तरकारी र दूधसमेत बजारमा बिक्री भएन । ‘नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोेही बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन । सबै कुरा सहज भएको छ’, स्थानीय अनिश मियाले भने । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।