आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरको बेसिगाउँमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२७ भाद्र २०७७, शनिबार २१:५० मा प्रकाशित (३ साल अघि) ५२६ पाठक संख्या

काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मासिक १०० अभियान नेपाल , गोकर्णेश्वर एकता स​माज, बेशीगाउं दाजुभाई सहकार्य​को संयुक्त आयोजना र गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ८ स​र​स्व​ती माबि, बेसिगाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ६४ पिन्ट रगत संकलन भएको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले जनकारी दिनु भएको हो ।

आर्को ह​प्ता गो न​ पा २, न​यापाटि चोकमा रक्तदान कार्यक्रम गर्ने अध्यक्ष हुने पोखरेलले  जनाएको छ । उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न  समेत आग्रह गरेका छन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा न ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, ब्लोदान नेपालका केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठ, गोकर्णेश्वर एकता स​माज​का अध्यक्ष  संजय श्रेष्ठ, मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेल उपस्थिति रहेको थियो ।