आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काठमाडौंको सडकमा प्लेन गुडेपछि ….

गोकर्णेश्वर खबर२७ भाद्र २०७७, शनिबार २०:५८ मा प्रकाशित (३ साल अघि) ११४० पाठक संख्या

काठमाडौं । काठमाडौंको सडकमा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सडकमा जहाज गुडिरहेको छ ।

कोरोनाको महामारीले यातायातका साधन त्यसै त कम नै चलेको छ, आज शनिवारको दिन झनै कम सवारी साधन गुडेको छ । साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको छ ।

काठमाडौंको एयरपोर्टबाट निस्किएको जहाज अहिले तिनकुने आइपुगेको छ । गाडी गुड्ने सडकमा जहाज गुडेपछि प्रत्यक्षदर्शीहरु आश्चर्यमा परेका छन् । ‘यस्तो अहिलेसम्म देखिएको थिएन, के भो आज ?’ स्थानीय सुभाष श्रेष्ठले नागरिकखबरलाई फोनमा भने, ‘हामी हेरिरहेका छौं, जहाज तिनकुनेतिरै आइरहेको छ ।’

गाडी कम गुडेको मौका छोपेर एयरपोर्टबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार पुर्याउनका लागि जहाज हिडाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नारायणहिटी दरवारको संग्रहालयमा राख्नका लागि जहाज सडकमा हिडाएको प्रहरीको भनाइ छ ।

विगतमा भीभीआइपी चढ्ने गरेको जहाज सडकबाट गुडाएर नारायणहिटी दरवार लैजाँदै गरेको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।