आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

लायन्स क्लबद्धारा माकलबारी सरसफाइ तथा तारबार कार्य सम्पन्न, लायन कुमार सुवेदीबाट २५ हजार सहयोग

गोकर्णेश्वर खबर२७ भाद्र २०७७, शनिबार २०:४९ मा प्रकाशित (३ साल अघि) ५७८ पाठक संख्या

काठमाडौं ,भाद्र २७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइले  खुल्ला क्षेत्र संरक्षण गर्ने, वातावरण जोगाउने, हरित क्षेत्र बिस्तार गर्ने र लायन्सको ब्राण्डिङ प्रवद्र्धन गर्ने उदेश्यले वागमति कोरिडोर माकलवारीमा यात्रु प्रतिक्षालाय निर्माण गरेकोमा आज त्यहाँ तारबार गरिएको छन् ।

नेपालमा स्थानीय विकासमा लायन क्लबहरुले उल्लेखनीय भूमिका खेल्दै गरेका सन्दर्भमा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ ए १ अन्र्तगतका क्लबहरुले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आईरहेका छन् ।

उक्ता कार्यक्रमका लागि पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदीले लायन्स उद्यान कार्यक्रमका लागि २५ हजार सहयोग गरेका छन् ।

 

कार्यक्रममा डिष्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ  , पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी , जोन चियरपर्सन /पेसिडेन्ट लायन राजेन्द्र कोइराल, लायन भिष्मा रायमाझी , लायन रोशन श्रेष्ठ, लायन शर्मिला भट्टा , शुभषचन्द्र विराजी, प्रकाश बस्नेतको उपस्थिति रहेको थियो ।