आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

भक्तपुरमा घरभित्र ३ जनाको शव भेटियो

गोकर्णेश्वर खबर२६ भाद्र २०७७, शुक्रबार २०:४४ मा प्रकाशित (३ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं – भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्।

मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।