आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

लायन्स क्लबद्वारा गोकर्णेश्वर माकलबारीमा आकस्मिक रक्तदान सम्पन्न

गोकर्णेश्वर खबर२५ भाद्र २०७७, बिहीबार ०९:१९ मा प्रकाशित (३ साल अघि) ९२५ पाठक संख्या

काठमाडौँ, भाद्र २५ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइले आकस्मिक रक्तदान सम्पन्न गरेको छ । ।

बुधबार गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित लायन्स प्रतिक्षालयमा संयुक्त रुपमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जसमा ३० प्रिन्ट  रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझीले जनकारी दिनु भएको हो ।

कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर एबम हालका जी एस टि मल्टिपल कोर्डिनेटर लायन  अन्नत प्रसाद भेटुवाल  ,पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी ,जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन दिपेन्द्र सिम्खडा, जी एम टि  लायन धर्म शरण श्रेष्ठ, जोन चियरपर्सन  भरत शर्मा  एरिया लिडर लायन अच्युत बिष्ट लायन , लायन पेमा छिरिङ् शेर्प  , लायन पूर्ण तामाङ् , सुरेन्द्र प्रकाश बालय, लायन बिष्णु लामिछाने,  लायन उमेश ढुंगाना ,लायन ठण्डराज ठकुरी  लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।विभिन्न सामाजिक कार्य गर्दै आएका लायन्स क्लवहरूले  प्रतिकुल परिस्थितिमा पनि रगतको अभाव नहोस् भनेर रक्तदान लगायतको सामाजिक तथा मानवीय सेवा गर्दै आइरहेका छन् ।