आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कतारबाट थप १४५ नेपाली स्वदेश फर्किए

गोकर्णेश्वर खबर२४ भाद्र २०७७, बुधबार ०६:४२ मा प्रकाशित (३ साल अघि) ३४८ पाठक संख्या

दोहा- कतारबाट थप १४५ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमार्फत ३५औं उडानबाट १४५ जना नेपाली स्वदेश फर्किएका हुन् ।

हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत उनीहरु दोहाबाट काठमाडौं फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितिय सचिव प्रबीण भट्टराईले जानकारी दिए ।

दुवै उडानमा समावेश भएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले कोभिड -१९ परीक्षण गरी पीसीआर नेगेटिभ भएको प्रमाणपत्रसहित यात्रा गरेको सचिव भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्राको समन्वय, सहजिकरण तथा बिदाई गर्न दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले दोहा-काठमाडौं सेक्टरका लागि भोलि उडान गर्ने छ । त्यस्तै हिमालय एयरलाइन्सले आगामी सेप्टेम्बर २३ तारिखका लागि उडान गर्ने तय भएको जनाइएको छ ।