आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

हामी नेपाली ग्लोबलसहित ३ संस्थाद्धारा लिदिको पहिरो पिडितलाई स्वास्थ्य सामाग्री तथा लत्ताकपडा सहयोग

गोकर्णेश्वर खबर२३ भाद्र २०७७, मंगलवार १५:५६ मा प्रकाशित (३ साल अघि) ४७५ पाठक संख्या

आशिष लामा – 

काठमाडौं – हामी नेपाली ग्लोवलसहित ३ संस्थाद्धारा मिति २०७७/०४।३० गतेको पहिरो बाट जुगल गाउँपालिका २ नं.वडा लिदि सिन्धुपालचोकको २९ घर पूर्ण रुपका क्षेति भएकोले यसैलाई मध्येनजर स्थानिय २९ घरको १००५ जना परिवारलाई  स्वास्थ्य सामाग्री तथा लत्ताकपडा हस्तान्तरण गरेका छन् ।

हामी नेपाली ग्लोवल संस्था,पशुपति अन्नपूर्ण आश्रम र वीर वहादुर तामाङ मेमोरियल फाउन्डेशनले संयुक्त रुपमाजुगल गाउँपालिका २ नं.वडा लिदि सिन्धुपालचोक पुगेर सामाग्री तथा लत्ताकपडा हस्तान्तरण  गरेका हुन ।

जसमा लत्ताकपडा (सर्ट,पाईनट,टि सर्ट,ज्याकेट,टप्स तथा बालबालिकाको कपडा)- २५० थान, म्याट्रिस – ५० थान,स्ट्रेचर -१ थान, सेनिटाईजर -१० लि., माक्स -१५०० पिस,डिस्पेन्चर स्प्रे मिसिन-१ थान र सोडियम हाईड्रो क्लोरेक्स -१० लि.र वाडि पहिरो बाट उत्पन्न हुन सक्ने माहमारीको लागि प्रयोग हुने बिभिन्न किसिमका औषधिहरु समेत रहेको थियो ।

पशुपति अन्नपूर्ण आश्रमका उपाध्यक्ष सुमन मल्ल,वीर वहादुर तामाङ मेमोरियल फाउन्डेशनका अध्यक्ष नबराज तामाङ र हामी नेपाली ग्लोवलका  प्रतिनिधिहरुको एक टोली लिदि सिन्धुपालचोक पुगेर सहयोग हस्तान्तरण गरेको हामी नेपाली ग्लोवलले जनाएको छ ।