आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोनाबारे भ्रम फैलाउने ‘फेक डाक्टर’ लिम्बु पक्राउ

गोकर्णेश्वर खबर२२ भाद्र २०७७, सोमबार १७:३८ मा प्रकाशित (३ साल अघि) ७०७ पाठक संख्या

काठमाडौं । अफवाह फैलाएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा “अन्तिम विकल्प प्रा.लि.का” सञ्चालक सुवास सुब्बा लिम्बुलाई महानगरीय अपराध महशाखाले पक्राउ गरेको छ ।

विभिन्न युट्युब च्यानलहरुमा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफवाह फैलाएको, कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिएर शरीरका विभिन्न अंगहरु किडनी, आँखा, लिभर झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेको जस्ता अभिव्यतिm दिएको पाइएकाले लिम्बुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

लिम्बुले गलत अभिव्यतिm दिँदै समाजमा उत्तेजना फैलाउने, सर्वसाधारणलाई कोरोना भाइरस संक्रमणबारे भ्रम फैलाएको तथा विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिएको प्रहरीले जनाएको छ ।

तेह्रथुम स्थायी घर भई हाल नख्खिपोट बस्ने ५१ वर्षीय लिम्बुले आफूलाई प्राकृतिक डाक्टर भनेपनि त्यो सबै गलत भएको पाइएको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार ललितपुर नक्खिपोटबाट पक्राउ गरी प्रहरी परिसर ललितपुर पठाइएको र उनीबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।