आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

लायन्स क्लब इन्टरनेशनलले भोली गोकर्णेश्वरको जगडोल स्थित क्वारेन्टाइन क्षेत्रमा सर सफाई गर्ने

गोकर्णेश्वर खबर२१ भाद्र २०७७, आईतवार २१:३८ मा प्रकाशित (३ साल अघि) ८९५ पाठक संख्या

 

भदौ २१, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान नेपालले गोकर्णेश्वर जगडोल स्थित क्वारेन्टाइन क्षेत्रमा सर सफाई गर्ने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाद्वारा उपलब्ध गराईएको, राष्ट्रिय शहिद तथा शान्तिपार्क निजामती  स्मारक ( यज्ञडोल – जगडोल) सामुदायिक वनको स्वामित्वको भवनमा ५० शैयाको आइसोलेशन वार्ड संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेकाले सरसफाई गर्न लागिएको हो ।
सरसफाई कार्यक्रम भोली भदौ २२ गते सोमबार बिहान ११ बजेबाट शुरु हुनेछ ।

नेपालमा बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उचित उपचारका लागि लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान नेपालले गोकर्णेश्वर जगडोल स्थित क्वारेन्टाइन स्थापना गरेको छ । लायन्स क्लबले स्थापना गरेको आइसोलेशनमा घर भाडामा बसी कोरोना संक्रमित भएका वा आइसोलेशनमा बस्नु पर्ने अवस्था भएका व्यक्तिहरु निःशुल्क रुपमा बस्न पाउने छन् ।