आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

जाजरकोटमा गिद्ध गणना सम्पन्न

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १४:३७ मा प्रकाशित (३ साल अघि) ४८७ पाठक संख्या

जाजरकोट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए । गिद्धका सँगै गुँडको गणनासमेत गरिएको थियो ।

जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ । यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए । उनका अनुसार करिब एक महिना लगाएर गणना गरिएको थियो ।