आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

बेहोस फेला परेका सशस्त्र प्रहरीका इन्सपेक्टरको उपचारका क्रममा मृत्यु

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १२:११ मा प्रकाशित (३ साल अघि) ३८० पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरमा गएराति डियुटीमा खटिएको समयमा बेहोस फेला परेका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको मृत्यु भएको छ । दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी गएराति ५ नम्बर पोष्टमा बेहोस फेला परेका थिए ।

डडेलधुराको अजयमेरु गाउँपालिका बासिन्दा ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालले बिहान मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसी अमर थापाले मृत्युको कारण खुल्न नसकेको जानकारी दिए । पोष्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नसक्ने अनुमान गरिएको छ ।