आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छ : राष्ट्रसंघ

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार १६:११ मा प्रकाशित (३ साल अघि) २०८ पाठक संख्या

एजेन्सी/पिटिआई । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ ।

राष्ट्रसंघीय निकायहरुले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।

सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको संक्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् ।