आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

टिक टक बनाउनुहोस, डेढ लाख सहित चलचित्रमा अभिनय गर्ने अवसर जित्नुहोस

गोकर्णेश्वर खबर१८ भाद्र २०७७, बिहीबार ०८:३८ मा प्रकाशित (३ साल अघि) ६४० पाठक संख्या

काठमाडौं – बिश्वभर टिकटक निकै रुचाएको सामाजिक संजाल भएको छ जसको माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। नेपालमा टिकट्कले निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन। त्यसैको सेरोफेरोमा रहेर द जिएमआइ एकेडेमीको आयोजनामा मिस्टर एन्ड मिस टिकट्क प्रतियोगिता आयोजना हुने भएको छ।

यस्तै टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजना साथै ईभेन्ट पार्टनर सही हो संगको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको छ जुन प्रतिस्पर्धाबाट मिस्टर एन्ड मिस टिकट्क छनौट गरिने द जिएमआइ एकेडेमी्का सिईओ महेश लामिछानेले जनाएका छन ।

प्रतिस्पर्धामा भाग लिन चाहाने ईच्छुक प्रतिस्पर्धीहरुले भाद्र १३ देखि वितरण शुरु भएको अनलाइन फारम भर्नुपर्नेछ । आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उत्त प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउनेछन्।

प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक चलचित्रसंगै दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर प्राप्त गर्नेछन् ।

त्यसैगरी दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्नेछन् भने तेस्रो हुनेले ५० हजार नगदसहित एक म्युजिक भिडियोमा अबसर प्राप्त गर्ने अष्ट्रेलिया स्थित मेलवर्नमा रहेका आयोजक सुजन खरेलले जनाए ।