आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटी समितिले प्रहरी वृत्त बौद्धलाइ स्यानिटाइजर स्ट्यान्ड प्रदान

गोकर्णेश्वर खबर१६ भाद्र २०७७, मंगलवार ०९:३७ मा प्रकाशित (३ साल अघि) ७२७ पाठक संख्या

काठमाडौं,भाद्र १६ । कोरोना प्रकोप नियन्त्रण र रोकथाम अभियानको अग्रमोर्चामा रहेर जनताको सुरक्षा र सचेतनामा अहम भूमिका निर्वाह गरिरहेका प्रहरीलाइ ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटी समितिले महानगरीय प्रहरी  वृत्त  बौद्धलाइ सेनिटाईजर, साबुन पानी राख्ने स्ट्याण्ड उपलब्ध गराएको छ।

ग्रिल तथा स्टिल ब्यवसायी महासंघका उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला संघका सचिव पशुपति श्रेष्ठ, काठमाण्डौं पूर्वी क्षेत्रीय अध्यक्ष रोहित कुमार श्रेष्ठ लगायत  ईकाईका अध्यक्ष चन्द्रभक्त श्रेष्ठ लगायतको उपस्थितिमा महानगरीय प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीलाइ हस्तान्तरण गरिएको थियो।

महामारीमा अग्रपंतीमा रहेर काम गर्ने प्रहरीहरुलाइ सहयोग गर्न पाएकोमा ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटीले खुशी ब्यक्त गरेको छ। साथै आगामी दिनमा पनि प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरन्तर अगाडि बढ्न ग्रिल तथा स्टिल ब्यवसायी संघ जोरपाटी एरिया समिति तत्पर रहेको  जानकारी गराएका थिए    ।

स्वास्थ्य सामग्री बुझ्दै महानगरीय  प्रहरी वृत बौद्दका प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले  कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा प्रहरी खटिएको बताए ।

उनले यस बिषम परिस्थितीमा  प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले आयोजकलाइ  धन्यवाद दिएका थिए  ।