आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोनाका कारण भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन

गोकर्णेश्वर खबर१५ भाद्र २०७७, सोमबार २०:५० मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ।

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्।

आर्मी अस्पतालले सोमबार दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको यसअघि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए।

पूर्व राष्ट्रपति मुखर्जी कोमामा थिए र भेन्टिलेटरको सहायता प्रदान गरिएको थियो। उनको फोक्सोमा संक्रमण भएको थियो।

अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणको क्रममा मुखर्जी कोरोना भाइरसबाट संक्रमित भएको पनि पुष्टि भएको थियो ।