आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

लमजुङमा एक सञ्चारकर्मीसहित २ जनामा कोरोना पुष्टि

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १६:०८ मा प्रकाशित (३ साल अघि) ३०५ पाठक संख्या

लमजुङ – लमजुङमा एक सञ्चारकर्मीसहित २ जनामा कोरोना पुष्टि

लमजुङमा एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सञ्चारकर्मीसहित २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

संक्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मस्र्याङ्दी गाउँपालिका–४ का ३१ वर्षीय महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । संक्रमित महिला भने करिब ५ दिनअघि भारतबाट आएकी हुन् । उनलाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमित सञ्चारकर्मीलाई बेँसीशहर नगरपालिका–७ मा रहेको शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशन र महिलालाई भने बेँसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

जिल्लामा हालसम्म ११ महिलासहित १ सय ४५ जना कोरोना सङ्क्रमित भएकामध्ये ९ जना महिलासहित १ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

हाल २ महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा उपचारत रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।