आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १४:५७ मा प्रकाशित (३ साल अघि) २६८ पाठक संख्या

बुटवल – बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भदौ ७ गते अस्पतालमा भर्ना भएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

उच्च रक्तचापको समेत समस्या रहेका उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा बिहीबार राति साढे २ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यससँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ८ पुगेको छ ।