आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

स्वास्थ्यमा समस्या देखिएपछि जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामा

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १३:५३ मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

काठमाडौं – जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने भएका छन् ।

जापानका सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएको भन्दै प्रधानमन्त्री आवेले राजीनामा दिने भएका हुन् ।

उनी जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् ।

६५ वर्षीय आवेको कार्यकालमा जापानमा धेरै विकास निर्माण्का काम भएका छन् । उनको कार्यकाल अब १ वर्ष बाँकी छ ।