आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

सुनको मूल्य घट्यो

गोकर्णेश्वर खबर१२ भाद्र २०७७, शुक्रबार १३:४८ मा प्रकाशित (३ साल अघि) ५३७ पाठक संख्या

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।