आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुचःले आपतकालिन स्थितीमा यातायात सेवा दिने

गोकर्णेश्वर खबर११ भाद्र २०७७, बिहीबार २२:०१ मा प्रकाशित (३ साल अघि) ५५७ पाठक संख्या

भदौ ११, काठमाडौं । लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुचःले आपतकालिन यातायातका लागि सेवा दिने भएको छ ।

यातायातको अति आवश्यक भएका व्यक्तिहरुका लागि साधनको व्यवस्था गरिने क्लबले जनाएको छ । जरुरी काममा लागि यात्रिहरुले धेरै दुःख पाएकाले क्लबले अति जरुरी कामका लागि मात्र यस्तो सुविधा दिन लागेको लायन्स क्लब अफ बुढानिलकण्ठ नेवा पुचः स्रोतले बताएको छ । यसका लागि आर्यन श्रेष्ठ ९८५११४३०४०, विकास श्रेष्ठ ९८८५१२७८७६ र सविन श्रेष्ठ ९८४३२७९६३२ लाई सर्म्पर्क गर्न सकिने समेत क्लबले जनाएको छ ।