आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

पछिल्लो २४ घन्टामा कोरोनाबाट ८ जनाको मृत्यु : मृतकको संख्या १८३ पुग्यो

गोकर्णेश्वर खबर११ भाद्र २०७७, बिहीबार १७:१० मा प्रकाशित (४ साल अघि) २९२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा ८ जनाको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ८३ पुगेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कास्कीमा ३२ वर्षीया महिला, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, बाँकेकी ७० वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलबस्तुका ५० वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।