आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

यूएईमा मृत भेटिएका दुबै नेपालीको पहिचान खुल्यो

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०८:०५ मा प्रकाशित (३ साल अघि) २८८ पाठक संख्या

दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा गत अगष्ट ८ मा मृत भेटिएका दुबै जना नेपालीको पहिचान खुलेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार उनीहरु दुईजनामध्ये एक माेरङका र अर्का तनहुँका रहेका छन्

नीहरुको शव हेर्दा हत्या भएको अनुमान गरिएको छ । घटनाका विषयमा यूएई प्रहरीले अनुसन्धान जारी राखेको छ । हत्याको आशंकामा केहीलाई पक्राउ समेत गरिएको जनाइएको छ ।

मृतकमध्ये एक जना मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ हुन् भने अर्का तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेको दूतावासले जानकारी दिएको हो ।

यसअघि श्रेष्ठको पहिचान खुले पनि गुरुङको पहिचान भने खुल्न सकेको थिएन । गुरुङको मृत्युबारे परिवारले पनि धेरै दिनपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानमा दुई जनाबीच विवाद हुँदा एक अर्काले धारिलो हतियार प्रहार गरी मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

दूतावासका अनुसार श्रेष्ठ र गुरुङको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको पाइएको छ ।