आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

चितुवासँग भिडेर बाँचेका हरिबहादुर …

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार ०६:४३ मा प्रकाशित (३ साल अघि) ३१५ पाठक संख्या

लमजुङ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो । ‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई बचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिटेन जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने, ‘खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ । उक्त घटनामा मरेको चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताए । ‘यस्तो अवस्थामा कानुन नलाग्दैन । तर पनि हामीले थप अनुसन्धान भने गर्छौ ।’ काफ्लेले भने । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।