आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वरका स्थानीयले स्वास्थ्यकर्मीको हौसला बढाउन थाले यस्तो अभियान

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २३:१६ मा प्रकाशित (४ साल अघि) ८३९ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाका स्थानीयले स्वास्थ्यकर्मीको सम्मानमा ब्यानर टाँसेका छन्।

स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा अहोरात्र खटिरहेकाले उनीहरुलाई हौसला प्रदान गर्न त्यहाँका स्थानीयले ब्यानर टाँसेका हुन्।

देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण तथा विरोध भइरहेकाले उनीहरुको सम्मान स्वरुप ब्यानर टाँस्ने अभियान सुरु गरिएको गोकर्णेश्वर नगरपालिकाका स्थानीय उद्धव रायमाझीले बताए। उनीहरुले आइतबार जोरपाटीका विभिन्न स्थानमा ब्यानर टाँसेका छन् ।

सोमबार नगरपालिकाका विभिन्न स्थानमा पनि ब्यानर टाँस्ने तयारी भएको उनले बताए। स्थास्थ्यकर्मीको हौसला बढे मात्र कोरोनालाई जित्न सकिने भन्दै यो अभियान सुरु गरिएको उनीहरुको भनाई छ।

ब्यानरमा सबैका लागि ‘हित गरौं, स्वास्थ्यकर्मीलाई प्रोत्साहित गरौं, महामारीको समयमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी समाजका नायक हुन्, प्रशंसाका लायक हुन्’ लगायत कुरा उल्लेख गरिएका छन्।

ad
– स्वास्थ्यखबर