आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कोरोना भ्याक्सिन आउन कति समय लाग्छ ? बेलायती विज्ञको यस्तो जवाफ

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २२:३७ मा प्रकाशित (३ साल अघि) ५३९ पाठक संख्या

एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को भ्याक्सिन आगामी डिसेम्बरसम्ममा बजारमा आइसक्ने विभिन्न दावीहरु सार्वजनिक भएका छन् । चीन, अमेरिका र रुसका विज्ञहरुले डिसेम्बरसम्ममा कोरोना भ्याक्सिन बजारमा पठाउने धारणा राखिरहेका छन् ।

यसैबीच बेलायतका एक प्रमुख मेडिकल अफिसरले यस्तो बयान दिएका छन्, जसले भ्याक्सिन कुरेर बसेका व्यक्तिहरुमा निराशा थपिने भएको छ । उनले भ्याक्सिनको उत्पादनका विषयमा गरेको टिप्पणीले आज मानिसमा पलाएको एउटा आशा पनि हराउने देखिएको छ ।

बेलायतका प्रोफेसर क्रिस विटीले सन् २०२१ को हिउँद अगाडि कोरोनाविरुद्धको भ्याक्सिन बन्न असम्भव रहेको बताएका छन् । उनले आम मानिसले आगामी डिसेम्बरसम्ममा भ्याक्सिन बजारमा नआउने विषय आफ्नो दिमागमा राख्नुपर्ने बताए ।

भ्याक्सिन आउने आशाका कारण कोरोनासँगको डर हराउने भन्दै उनले भ्याक्सिन यो वर्षको अन्त्यसम्ममा बजारमा नआउने बताए । उनले भ्याक्सिन आउने खबरले मानिस कोरोनासँग डराउन छाड्ने डर भएको बताए ।

उनले २०२१ को हिउँदसम्ममा भ्याक्सिन तयार हुने सम्भावना रहेको बताए । प्रोफेसर विटीले अर्को सालको हिउँदभन्दा अगाडि भ्याक्सिन बजारमा आएमा आफू खुशी हुने बताउँदै बजारमा अगाडि नै आएपनि आफूलाई सुरक्षित र प्रभावकारी हुनेमा शंका रहिरहने बताए ।

विश्वभरका वैज्ञानिक भ्याक्सिन परीक्षण र उत्पादनमा लागेका बेला उनको यो बयान आएको हो । यो वर्ष भ्याक्सिन नआउने बताएका उनले आफूलाई विज्ञानमा विश्वास भएको भन्दै विज्ञानले नै यो महामारीबाट मुक्त गराउने बताए ।