आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कागेश्वरी-मनोहरामा समुदायमै फैलियो कोरोना, खहरेदेखि वीरेन्द्रचोकसम्म सिल

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १६:२५ मा प्रकाशित (३ साल अघि) ४८१ पाठक संख्या

काठमाडौं : कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ। एकै वडाका  ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।

समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि केही ठाउँमा सिल गरिएको छ। प्रवक्ता पुडासैनीले भने,’ खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको ९ स्थित वीरेन्द्रचोकदेखि गान्धी मोड हुँदै खहेरे चोकसम्म एम्बुलेन्स बाहेक सम्पूर्ण यातायात र आवागमन पूर्ण रुपले निशेष गरिएको छ.’

उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको  छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, ‘ट्राभल हिस्ट्री’ नभएकालाई पनि संक्रमण भएको  छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।’

त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले  जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।

नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजे देखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ स्थित मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।

कुन वडामा कति संक्रमित

वडा नं. १ मा महिला २ जना र पुरूष २ जना

वडा नं. २ महिला छैन र पुरूष ३ जना

वडा नं. ३ महिला छैन र पुरूष १ जना

वडा नं. ४ महिला छैन र पुरूष २ जना

वडा नं. ५ महिला छैन र पुरूष १ जना

वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना

वडा नं. ७ महिला ८ जना पुरूष ९ जना

वडा नं. ८ महिला २ जना पुरूष ५ जना

वडा नं. ९ महिला ६ जना पुरूष २५ जना

– महिला २१ जना
– पुरूष  ५५ जना

भाद्र ५ गतेसम्म ७६ जना मात्र।