आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १६:२१ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

बुटवल – कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।