आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार १४:५८ मा प्रकाशित (३ साल अघि) १०३४ पाठक संख्या

रौतहट – रौतहटको धर्मपुरमा रहेको बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् ।

गढिमाई नगरपालिका ७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिए ।

डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् ।