आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कलाकारलाई चुनौति दिने चराको अभिनय !

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार २३:१५ मा प्रकाशित (३ साल अघि) ९४० पाठक संख्या

तपाइले सिनेमा वा टेलिभिजनमा विभिन्न कलाकारको अभिनय देख्नु भएको होला ।

ती अभिनयका कारण हामी रोमाञ्चित हुने गर्दछौ । तर के कुनै जनावरले अभिनय गर्न सक्ला ? भारतमा एक जीवले गरेको हर्कत कुनै सुपरस्टारको अभिनयभन्दा कम छैन ।

भारतमा अहिले एउटा भिडियो भाइरल बनेको छ । जसमा एक पक्षीले गरेको हर्कत नाम चलेका कलाकारको अभिनय पनि फिक्का लाग्दछ ।

भारती वन विभागका अधिकारी सुसान्त नन्दाले सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियो भाइरल बनेको हो । हालै उनले २ जनावरको भिडियो अपलोड गरेकि थिइन् जसलाई हेर्दा चर्चित कार्टुन क्यारेक्टर टम एण्ड जेरीको स्मरण ताजा हुन्छ ।

भिडियोमा एक कुकुर जमिनमा रहेको पक्षीलाई खान खोजे झै गरेर हेर्छ । तर उक्त पक्षीले मरेको अभिनय यसरी गर्दछ कि मानौ उ कुनै पक्षी वा जीव नै होइन ।

यतिकैमा झुक्किएको कुकुर अचानक अन्यत्र हेर्दछ । तर कुकुरको ध्यान अन्यत्र मोडिएको फाइदा उठाउदैं उक्त पक्षीं त्यहाबाट रफूचक्कर हुन्छ । अर्थात भाग्दछ ।