आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

तीज सुपर मम फोटो प्रतियोगिता २०७७’ को उपाधी सुस्मिता धिताल पुढासैनीलाई

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १७:०३ मा प्रकाशित (३ साल अघि) ६९६ पाठक संख्या

काठमाडौं, भाद्र ४ , तीज सुपर मम फोटो प्रतियोगिता २०७७’ को उपाधी सुस्मिता धिताल पुढासैनीले जितेकी छिन् ।

केट्स इन्टरटेन्मेन्ट र द सुपर मम नेपाल द्वारा आयोजित प्रतियोगिता ‘तीज सुपर मम फोटो प्रतियोगिता २०७७ ‘ को उपाधि जितेकी हुन् ।

प्रतियोगितामा सुस्मिता धिताल पुढासैनी प्रथम, सुजाता खड्का बस्नेत दोस्रो र पुनम अग्रवाल तेस्रो हुन सफल भएका छन् । प्रथम हुने बिजेताले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेताले ७ हजार नगद गिफ्ट, ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेताले ५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरेका छन ।

लकडाउन र कोरोनाको महामारीमा पनि आमाहरुलाई घरमै बसी बसी मनोरञ्जन दिने उद्देश्यले तीज सुपर मम फोटो प्रतियोगिता २०७७ को आयोजना गरिएको नायिका पूजना प्रधानले जानकारी दिइन ।

कोरोना महामारीको यो बिसम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले आमाहरुलाई निकै हौसला मिलेको पूजनाको भनाइ छ । यस अघी पूजनाले लकडाउनकै बेलामा ‘द सुपर मम फोटो प्रतियोगिता २०७७’ को आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेकी थिइन । कार्यक्रमलाई तामा पित्तल हापुले मुख्य प्रायोजन र भिजन फर नेपाल न्युयोर्कले सहप्रायोजन गरेका थिए ।