आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

तीज सुपर मम् फोटो प्रतियोगिता सम्पन्न,सुस्मिताले जितिन १५ हजार नगदसहिद अन्य गिफ्ट ह्यााम्पर

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १९:४३ मा प्रकाशित (३ साल अघि) २५६ पाठक संख्या

काठमाडौं – तीज सुपर मम् फोटो प्रतियोगिता २०७७’ सम्पन्न भएको छ । केट्स इन्टरटेन्मेन्ट र द सुपर मम् नेपाल द्वारा आयोजित प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा सुस्मिता धिताल पुढासैनी प्रथम, सुजाता खड्का बस्नेत दोस्रो र पुनम अग्रवाल तेस्रो हुन सफल भएका छन् । प्रथम हुने बिजेता सुस्मिता धिताल पुढासैनीले १५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र, दोस्रो हुने बिजेता सुजाता खड्काले ७ हजार नगद गिफ्ट, ह्याम्पर र प्रमाण पत्र र तेस्रो हुने बिजेता पुनम अग्रवालले ५ हजार नगद, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरे।

प्रथम स्थान हासिल गर्ने पुढासैनीले ४ हजार लाइक,२ हजार ५ सय कमेन्ट र ७ हजार ३ सय शेयर प्राप्त गरेकी थिइन । त्यस्तै दोस्रो हुने बस्नेतले पुढासैनीले भन्दा १ सय कम लाइक प्राप्त गरेकी थिइन भने तेस्रो स्थान हासिल गर्ने अग्रवालले १५ सय लाइक पाउन सफल भएकी थिइन । प्रतियोगिताको नियमानुसार लाइक एक व्यक्तीले एक पटक मात्र गर्न पाउने व्यवस्था रहेको थियो । गत साउन ५ बाट सुरु भएको प्रतियोगिता भाद्र २ सम्म रहेको थियो ।

लकडाउन र कोरोनाको महामारीमा पनि आमाहरुलाई घरमै बसी बसी मनोरञ्जन दिने उद्देश्यले तीज सुपर मम् फोटो प्रतियोगिता २०७७ को आयोजना गरिएको नायिका एव्म कार्यक्रम संयोजक पूजना प्रधानले जानकारी दिइन ।

कोरोना महामारीको यो बिषम परिस्थितीमा पनि घरमै बसेर सहभागि हुन मिल्ने कार्यक्रमले आमाहरुलाई निकै हौसला मिलेको पूजनाको भनाइ छ । पुजनाले कार्यक्रममा सहभागी भइदिनुभएका सम्पुर्ण प्रतियोगिहरुलाई धन्यावाद दिदै आगामी दिनमा समेत यस्तै विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिइन ।

पुजनाका अनुसार अशोज १ गतेबाट द सुपर क्युट बच्चा फोटो प्रतियोगिता २०२० सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुन प्रतियोगिहरुले अशोक १ गतेसम्म बच्चाहरुको फोटो द सुपर मम्को फेशबुक पेजमा उपलब्ध गराइसक्नु पर्नेछ । यो प्रतियोगिता अशोज १५ सम्म चल्ने छ भने अशोज १६ गते विजेता घोषणा गरिने छ । प्रथम बिजेताले नगद २० नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र, दोस्रोले १५ हजार नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र र तेस्रो बिजेताले १० हजार नगद,गिफ्ट ह्याम्पर र प्रमाणपत्र, पाउने छन् ।

यस अघी पूजनाले लकडाउनकै बेलामा ‘द सुपर मम् फोटो प्रतियोगिता २०७७’ को आयोजना गरी सफलता पुर्वक सम्पन्न गरेकी थिइन । कार्यक्रमलाई तामा पित्तल हापुले मुख्य प्रायोजन र भिजन फर नेपाल न्युयोर्कले सहप्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रमको सहयोगीमा इशु हेयर एण्ड व्युटी शैलुन,मुस्कान हेयर एण्ड व्युटी शैलुन र मल्टी भिटामिन रहेका थिए ।