आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

हामी नेपाली ग्लोबलसहित ३ संस्थाद्धारा थाक्रे आधारभुत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार १६:२१ मा प्रकाशित (३ साल अघि) २२० पाठक संख्या

काठमाडौं – हामी नेपाली ग्लोवलसहित ३ संस्थाद्धारा धादिङको थाक्रे गाँउपालिका -२ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सामाग्री हस्तान्तरण गरेका छन् ।
हामी नेपाली ग्लोवल संस्था,पशुपति अन्नपूर्ण आश्रम र वीर वहादुर तामाङ मेमोरियल फाउन्डेशनले संयुक्त रुपमा थाक्रे-२ सिम्ले पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष केवी सम्राट,उपाध्यक्ष सुमन मल्ल,वीर वहादुर तामाङ मेमोरियल फाउन्डेशनका अध्यक्ष
नबराज तामाङ र हामी नेपाली ग्लोवलका केही प्रतिनिधिहरुको एक टोली सिम्ले पुगेर सहयोग हस्तान्तरण गरेको हामी नेपाली ग्लोवलले जनाएको छ ।

हामी नेपालीका अनुसार स्वास्थ्य चौकिको लागी २ वटा बिरामी वेड,५ लिटर सेनिटाइजर,१ हजार पिस मास्क र केही औषधीहरु सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा केन्द्रमा एक मात्र विरामी वेड भएको गर्भवती महिलाहरु समेत भुइमा सुतेर उपचार गराउनु पर्ने बाध्यता भएको जनगुनासो हामी नेपाली संस्था माझ पुगेपछि संस्थाले सहयोगको पहलकदमी गरेको थियो ।

स्वास्थ्य सामाग्री सोही स्वास्थ्य सेवा केन्द्रमा कार्यरत एनएम सुरक्षा खनाललाई हस्तान्तरण गरिएको थियो।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम कोभिड १९ को कहराका कारण अनौपचारिक रुपमै गरिएको पशुपति अन्नपूर्ण आश्रमका अध्यक्ष केवी सम्राटले बताए । उनले सहयोग हस्तान्तरण कार्यक्रम हतारले गर्नु परेको बताए । देशभर कोरोना बढ्दो संख्यामा भएको भन्दै सरकारले काठमाडौं उपत्यकासहित देशभरका अधिकाशं जिल्लामा निशेधाज्ञा जारी गर्न लागेकोे पूर्वासन्ध्यामा टोली थाक्रे पुगेको र त्यहाँबाट छिटो फर्कनुपर्ने बाध्यताका कारण सामान्य कार्यक्रम मार्फतनै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थित स्थानिय तथा स्वास्थ्य सेवा केन्द्रका कर्मचारीले संस्थाले गरेको सहयोग आफहरुको लागी अमुल्य भएको बताए । स्थानियहरुले सरकारले ल्याएको सिंहदरवारको अधिकार गाउँगाउँमा नारा नारामै सिमित भएको बताए । उनीहरुले गाउँमै स्थानिय सरकार भएर पनि स्वास्थ्य सेवा केन्द्रको अवस्था दर्दनाक भएको भन्दै वडाध्यक्षको कडा आलोचना समेत गरे ।