आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

निषेधाज्ञा उल्लंघन गरे यसरी हुँदैछ कारवाही

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार ०८:५७ मा प्रकाशित (३ साल अघि) ६४५ पाठक संख्या

काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि गएराति १२ बजेदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषधाज्ञा पालना गराउन करिव एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

विहान ८ बजेसम्म डेढ सय बढी सवारी साधन होल्ड गरिसकेको र पूर्णरुपमा कडाई गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले जनाकारी दिए । यसअघिको लकडाउनमा होल्ड गर्ने, सम्झाई बुझाइ छोड्न गरेका थियो । निषेधाज्ञामा सवारी साधन होल्ड हुने, अनुसन्धान गर्ने र कारवाही नै अगाडि बढाइने ढकालले जानकारी दिए ।

सरकारले सर्वसाधारणको आवागमन पूर्णरुपमा निषेध गर्नका लागि संक्रमक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ दुवैलाई कार्यान्वयनमा ल्याउन १७ बुँदे आदेश जारी गरेका छ ।

निषेधाज्ञा उलंघन गर्नेहरुलाई एक सय रुपैयाँ जरिवाना तथा एक महिना कैद, काममा खटिएकाहरुलाई बाधा पुर्याउन खोजेमा ६ सय रुपैया वा ६ महिना कैद हुने कानुनी व्यवस्था छ ।

त्यस्तै स्थानीय प्रशासन ऐन २०२८ बमोजिम, ५ सय रुपैयाँ जरिवाना वा एक महिनासम्म कैद गर्ने कानुनी व्यवस्था छ । भनेको नमान्ने अटेर गर्ने जो कोहीलाई कानुनी व्यवस्था अनुसार निषेधाज्ञाको उल्लंघन गरेको पाइएमा कानुन अनुसार नै कारवाही प्रक्रिया अगाडि बढाइने महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालको भनाई छ ।