आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

रौतहटमा गोली हानेर पुजारीको हत्या

गोकर्णेश्वर खबर४ भाद्र २०७७, बिहीबार ०८:१७ मा प्रकाशित (३ साल अघि) ३१७ पाठक संख्या

रौतहट – रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।

माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।
बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।