आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

न्युयोर्कमा भिजन फर नेपालका संस्थापक मंगल दास श्रेष्ठको पहलमा हरेक हप्ता खाद्यान्न बितरण

गोकर्णेश्वर खबर३२ श्रावण २०७७, आईतवार २०:४२ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

न्युयोर्क- काेराेना भाइरस महामारीको कारणले समस्यामा परेका नेपाली तथा अन्य नागरिकको लागि अमेरिकाकाे न्युयोर्कमा प्रत्येक हप्ताको शुक्रबार रिजउड र ल्याफ्राक सिटीमा र विविध कारण कार्यक्रम स्थलमा उपस्थित हुन नसक्ने केही परिवारहरुलाई घर घरमा पुर्याएर खाद्यान्न वितरण भईरहेको छ । केही हप्ता अगाडि बाट सुरु गरिएको उक्त खाद्यान्न वितरण नियमित अगाडि बढिरहेको छ ।

कुइन्स नेपलिज लायन्स क्लब अमेरिकाकाे आयोजना र भिजन फर नेपाल तथा रिजउड नेपालीज सोसाईटीको सहयोगमा उक्त कार्यक्रम सुरु गरिएको हाे । याे कार्यक्रमकाे सुरुवात तथा संयाेजन समाजसेवी तथा भिजन फर नेपालका संस्थापक मंगल दास श्रेष्ठले गरेका छन ।

समाजसेवी मंगल दास श्रेष्ठको सम्पर्कवाट सुरु भएको यो कार्यलाई निरन्तरता दिनको लागि लाईन्स क्लब अफ कुईन्स नेपलिजका सदस्यहरुको आर्थिक र भौतिक सहयोग रहदै आएको छ ।

उक्त सहयोग अभियानले प्रत्येक हप्ता एक सय परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको छ । बिषेश गरि काम नपाए घरमै बसेका ,समस्यामा परेका, तथा विद्यार्थीहरुलाई लक्षित गरि याे अभियान सुरु गरिएको हाे । खाद्यान्न राहत वितरण कार्यमा विस्तारै सहयोगी हातहरु पनि बढदै गैरहेका छ र अमेरिकाको न्युयोर्क स्थित नेपाली समुदायहरुमा यो कार्यको चर्चा र प्रसंसा भएको र लाईन्स क्लब प्रति आकर्षण पनि वढिरहेको छ ।