आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

झारफुक गर्न घरमा बोलाएर भाउजुलाई बलात्कार !

गोकर्णेश्वर खबर३१ श्रावण २०७७, शनिबार ०८:३९ मा प्रकाशित (३ साल अघि) ५०७ पाठक संख्या

फाईल फोटो

खलंगा । सल्यानमा भाउजु बलात्कारको आरोपमा ३८ वर्षीय एक पुरुष पक्राउ परेका छन् । सल्यानको सारदा नगरपालिका-८, सिमखर्कका ३८ वर्षीय पुरुष भाउजु पर्ने एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पीडित महिलाले आफूलाई देवर पर्ने ती पुरुषले झारफुकको बाहानाबनाएर जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकी थिइन । घरमै राति ११ बजेतिर ती व्यक्तिले बलात्कार गरेको महिलाको आरोप छ ।

प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले ती पुरुषलाई पक्राउगरी ३० गते सल्यान जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।