आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काठमाडौंको फोहोर अब आफैंले घरमै व्यवस्थापन गर्नुपर्ने

गोकर्णेश्वर खबर३० श्रावण २०७७, शुक्रबार २१:३२ मा प्रकाशित (३ साल अघि) ७१२ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरले हरेक घरबाट निस्किने फोहोर आफैंले व्यवस्थापन गर्न आग्रह गरेको छ । काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख हरिकुमार श्रेष्ठद्वारा जारी अपीलमा यस्तो आग्रह गरिएको हो ।

महानगरपालिकाले कोरोना भाइरसको संक्रमण बढेका कारण कतिपय स्थानहरुमा भएको सिल र आवतजावत प्रतिवन्धका कारण आफ्नो घरबाट निस्किने फोहोर आफैंले घरमै व्यवस्थापन गर्न अनुरोध गरेको हो ।