आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

सुनको मुल्य एकैदिन तोलामा २ हजार ४ सयले बढ्यो

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १८:२३ मा प्रकाशित (३ साल अघि) २३९ पाठक संख्या

काठमाडौं – बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको छ । प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ ।

सातको सुरुआत देखिनै निरन्तर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन हालसम्मकै उच्च ६ हजार दुई सय रुपैयाँले घटेको थियो ।