आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

कमेडीमा च्याम्पियन हिमेश पन्तलाई कार हस्तान्तरण

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार १७:२६ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौं – रियालिटी शो कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्तलाई कार हस्तान्तरण गरिएको छ ।

गतवर्ष टेलिभिजनबाट प्रसारण गरिएको यो रियालिटी शोमा अन्तिम तीनमा परेका सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै हिमेश विजेता बनेका थिए ।

हिमेशलाई २५ लाखको कार हस्तान्तरण गरिएको छ । कमेडी च्याम्पियनका निर्देशक विशल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजरले उनलाई कार हस्तान्तरण गरे ।

राजधानीमा आयोजित कार्यक्रममा कमेडी च्याम्यियनको दोस्रो सिजन पनि अब शुरु हुने जनाइयो । हास्य विधामा आधारित यो रियालिटी शो पहिलो सिजनबाटै लोकप्रिय बनेको छ ।