आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

भदौ १ गतेदेखि एक जार पानीको मूल्‍य ५० रुपैयाँ

गोकर्णेश्वर खबर२६ श्रावण २०७७, सोमबार २१:५६ मा प्रकाशित (४ साल अघि) ४१९ पाठक संख्या

काठमाडौं – भदौ १ गतेदेखि एक जार पानीको मूल्‍य ५० रुपैयाँ हुने भएको छ। सरकारले प्रशोधित पानीको खुद्रा मूल्य तोकेपछि पानीको मंल्‍यमा वृद्धि भएको हो।

प्रशोधित पानीको जार तथा बोटलको पानीको मूल्य निर्धारण कार्यदलको सिफारिस अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले १ लिटर प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ तोकेको हो ।

विभागका अनुसार १ लिटर बोटल प्रति कार्टुन वितरक मूल्य १३० रुपैयाँ पर्नेछ भने वितरक मूल्य ३५ रुपैयाँ पर्नेछ।

विभागले आगामी भदौ १ गते देखि लागू हुने गरी उपत्यकाका काठमाण्डौ, ललिपुर र भक्तपुर तथा काभ्रे गरी चार जिल्लामा उत्पादन हुने प्रशोधित पानीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

पसलेहरुले अहिले एक बोटल पानीको २५ रुपैयाँसम्म पनि लिंदै आएका छन्।