आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रकाश सुवेदीविरुद्ध पूजा शर्माले दिइन् कलाकार संघमा उजुरी

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार १९:२० मा प्रकाशित (३ साल अघि) २७० पाठक संख्या

काठमाडौं – नायिका पूजा शर्माले रंग पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

पत्रकार प्रकाश सुवेदीले ‘रजतपट अंकल’ कार्यक्रममार्फत नायिका पूजालाई इंगित गर्दै ‘दाह्रा निस्किएको अनुहारलाई महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेको विषयमा उजुरी दिएकी हुन् ।

पूजाले पत्रकार सुवेदीले दिएको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दर्ता गराएकी हुन् ।

संघका उपाध्यक्ष मोहन निरौलाले पूजाले आज (आइतवार) उजुरी दिएको बताए । ‘चलचित्र कलाकार संघमा उजुरी दिनुभएको छ, भोलि हामी छलफल गर्छौं,’ उनले भने ।