आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पोखरामा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु, मृत्यु हुनेको संख्या ७४

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार ०८:४३ मा प्रकाशित (३ साल अघि) २७३ पाठक संख्या

कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना संक्रमितको शनिवार राती ११ः३५ बजे मृत्यु भएको हो ।

पोखरा उपमहानगरपालिका वडा नम्बर १९ निवासी ६२ बर्षीय पुरुषको उपचारका क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई डाइबेटिज मेलिससको समेत समस्या रहेको प्रतिष्ठानका निदेशक डा.अर्जुन आचार्यले जानकारी दिएका छन ।

यहाँ यसअघि पनि कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भैसकेको छ । योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।