आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सांसद केसीलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर२५ श्रावण २०७७, आईतवार ०८:०३ मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काठमाडौं । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । कोरोनाको जोखिमका बीचमा जनताको काममा खटिएकी सांसद केसीलाई शनिबार कोरोना पुष्टि भएको हो। शनिबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा सांसद केसीसहित २० जनाको नतिजा पोजिटिभ देखिएको हो ।

शनिबार राति सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सांसद केसीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । बाँकेको राप्ती सोनारी गाउँपालिका९९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउनसमेत अुनरोध गरेकी छन् ।

सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’