आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

गुगलको यो फिचरबाट अब इन्टरनेट बिनै जति ठूलो फाइल पनि सेयर गर्न सकिने

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०६:३२ मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

एजेन्सी । एप्पलको एयरड्रप जस्तै गुगलले पनि चाँडै नै आफ्नो फाइल सेयरिङ्ग फिचर ‘Nearby Share’ आगामि केही साता लञ्च गर्ने भएको छ । कम्पनीले ‘Nearby Share’ फिचरबाट एन्ड्रोइड डिभाइस युजर एकअर्कामा ठूला फाइलहरु, फोटो भिडियो र लिंक सेयर गर्न सक्नेछन् । यद्दपि यो एन्ड्रोइड ६ या त्यो भन्दा लेटेस्ट एन्ड्रोइड भर्सन भएका डिभाइसमा मात्र काम गर्दछ । यो सुविधा केही पिक्सेल डिभाइस र सामसुङका लागि पनि उपलब्ध गराइएको छ तर कम्पनी अब यो भन्दा पनि वृहत् रुपमा ल्याउने तयारीमा छ ।

गुगलको यो ‘Nearby Share’ फिचर धेरै मात्रामा एप्पलको एयरड्रप फिचर झै समान छ । एयरड्रप फिचर आइफोन युजर्सले एयरड्रप बटन दबाएर ठूलो फाइलहरु, फोटोहरु, भिडियो लगायत धेरै सेयर गर्दछन् । एयरड्रपमा तपाई कुनै पनि नचिनेको युजरलाई आफ्नो फाइल पठाउनबाट रोक्नका लागि भिजिविलिटी अप्सन चुन्न सक्नुहुन्छ ।

यसैगरी एन्ड्रोइडको ‘Nearby Share’ फिचरमा तपाई ‘Nearby Share’ बटनलाई अन गरेर आफ्नो क्षेत्रमा नियरबाइ डिभाइस आउने पर्खाइमा बस्नुपर्ने हुन्छ । सुरक्षाका लागि ‘Nearby Share’ फिचर युजरलाई तपाई आफ्नो भिजिविलिटी छान्नका लागि अनुमति दिनुपर्दछ ।

युजरले All, Some, र Hidden जस्ता तीन भिजिविलिटी अप्सन देख्नेछन् । यदि युजर All अप्सन छान्छन् भने ‘Nearby Share’ अन गरेर तपाई आफ्नो क्षेत्रका सबै कन्ट्याक्ट र युजर देख्न सक्नुहुन्छ । यद्दपि यदि तपाई Some को चयन गर्नुहुन्छ त तपाई केवल कन्ट्याक्ट मात्र देख्न सक्नुहुन्छ र यदि Hidden छान्नुहुन्छ त तपाई एन्ड्रोइड युजर मात्र देख्न सक्नुहुन्छ ।

जब कुनै पनि व्यक्ति ‘Nearby Share’ फिचरको सहायताबाट कुनै युजरले फाइल पठाउने प्रयास गर्छ भने तपाई उसको रिक्वेस्ट स्वीकार वा अस्वीकार गर्ने अप्सन पाउनुहुनेछ । यो फिचरको प्रयोगका लागि तपाईलाई कुनै इन्टरनेट कनेक्सनको आवश्यकता नै पर्दैन । फाइलहरु पठाउन या प्राप्त गर्नका लागि दुबै युजर्स्को एन्ड्रोइड डिभाइसमा नियरबाइ सेयर फिचर हुन जरुरी छ ।