आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

भोलिदेखि काठमाडौँ उपत्यकामा सवारी साधनमा जोर बिजोर लागू हुने

गोकर्णेश्वर खबर२१ श्रावण २०७७, बुधबार २०:५२ मा प्रकाशित (४ साल अघि) ७७० पाठक संख्या

२१ साउन, काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा  र उपत्यकाबाहिर २०० जना भन्दा  बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए।