आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वरमा पनि मनाइयो गाइजात्रा पर्व

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार २०:५२ मा प्रकाशित (४ साल अघि) ४३३ पाठक संख्या

काठमाडौँ, श्रावण २० । काठमाडौंको  गोकर्णेश्वर नगरपालिकाका नेवार समुदायले पनि सामाजिक दुरी कायम गर्दै गाइजात्रा पर्व  मनाएका छन।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइएको थियो  र  उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए  । यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहदै आएको छ  ।

यो वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो गाइजात्राको रौनकता कम देखिएको स्थानीय लाक्स श्रेष्ठले बताए   । कोरोना भाइरसको महामारीका कारण यस वर्षको गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन सरकारले अनुरोध गरेको  थियो ।जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न गरेको अनुरोध लाइ मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि  गाइजात्रा मनाइएको  उनले बताए   ।

फोटो : लाक्स श्रेष्ठ