आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक पक्राउ

गोकर्णेश्वर खबर२० श्रावण २०७७, मंगलवार १९:४८ मा प्रकाशित (३ साल अघि) २९२ पाठक संख्या

कपिलवस्तु – नेपाल भारत सीमा क्षेत्र नजिकबाट स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनार रहेको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले जानकारी दिए ।

भारतबाट नेपाल आउँदै गर्दा सीमा क्षेत्रमा सो रकमसहित सोनारलाई पक्राउ गरिएको उनले बताए ।

सोनारको साथबाट हजार दरका एक सय थानका १२ गड्डी र ५ सय दरका एक एक सय थानका ८ गड्डी नेपाली रुपैयाँ बरामद भएको हो ।